कास्की क्षेत्र नम्बर १ बाट राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जना सिफारिश

पाेखरा | भदौ २१, २०७९

कास्की क्षेत्र नम्बर १ बाट राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जना सिफारिश

पोखरा : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि  कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिश गरेको छ । 

 

पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ ।

 

प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङसँगै देऊबहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिश भएका हुन् । त्यस्तै प्रत्यक्ष तर्फ कास्की १ क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिश भएको छ । त्यस्तै प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिश भएको छ ।

 

त्यसैगरि समानुपातिकतर्फ प्रतिनीधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिश भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ , शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुँईकेलको नाम सिफारिश भएर आएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

 

राप्रपा कास्कीले बुधबार कास्की क्षेत्र नम्बर २ को उम्मदेवारहरुको नाम सिफारिश गर्ने तयारीमा रहेको जनाएको छ । 
 

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्

काठमाडौं:  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

थप पढ्नुहोस्